दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालतर्फका १७ जना समानुपातिक उमेदवारको नाम काटेर सूची अद्यावधिक गराएको छ ।

आज बिहान निर्वाचन कार्यालयमा रास्वपाले अद्यावधिक गराएको सूचीअनुसार, दलित कलस्टरको पहिलो नम्बरमा रीमा विश्वकर्माबाहेक अन्य सबै कुलमान पक्षको समानुपातिक उमेदवारको नाम काटिएको हो ।
रास्वपाका एक नेताले रिमा दलित कलस्टरबाट पहिलो नम्बरमा रहेको बताए ।

“रीमा विश्वकर्मा रास्वपामै बस्ने भएपछि उहाँको मात्रै नाम नकाटिएको हो । यसअघि उज्यालो नेपालसँगको सहमति तोडिएसँगै १७ जना समानुपातिक उम्मेदवारको नाम काटिएको छ,” ती नेताले भने ।

यसअघि उज्यालो नेपाल पार्टीसँगको सहमति अनुसार, उपसभापति र समानुपातिक सूचीमा ३० प्रतिशत हिस्सा पाउने गरी सहमति गरिएको थियो । सो सहमति शनिबार (पुस २६) तोडिएको थियो ।

कुलमान पक्षका १७ जना हटाएर रास्वपा र बालेन पक्षबाट ११० जना समानुपातिक उम्मेदवारको सूची अद्यावधिक गरिएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?