दार्चुला । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा बाहिर देखिएजस्तो झगडा नभएको बरु त्यो विचारको सङ्घर्ष रहेको बताउनुभएको छ ।

पार्टीको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले कतिपयलाई अहिले कांग्रेसमा झगडा वा शक्तिको सङ्घर्ष चलिरहेको जस्तो लागे पनि यो शक्तिको सङ्घर्ष नभइ विचारको सङ्घर्ष रहेको दाबी गर्नुभयो ।

थापाले उहाँले भदौ २३ र २४ गतेको आन्दोलनमा नवयुवाहरूको नभइ देशभरका लाखौँ लाख नागरिकको आक्रोश सडकमा अभिव्यक्त भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ’राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा नेपो–बेबीहरूको राज देखेर उनीहरू रिसाएका हुन् । र आमनागरिकको त्यो रिस जेनजी आन्दोलनका क्रममा सडकमा पोखिएको हो ।’

विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि सहभागी होऊन् भन्ने आफूहरूले चाहेको महामन्त्री थापाले उल्लेख गर्नुभयाे ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?