दार्चुला जिल्ला बचत तथा ऋण सहकारी संघको १३औं साधारणसभा सम्पन्न, समिति गठन

दार्चुला । दार्चुला जिल्ला बचत तथा ऋण सहकारी संघको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

जिल्ला सदरमुकाम खलंगामा रहेको भावना सभाहलमा आइतबार (आज) दार्चुला जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष प्रेम बल्लभ जोशीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो। साधारणसभाबाट वार्षिक प्रगतिबारे समिक्षा गर्दै नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गरिएको छ।

१३औं साधारणसभाबाट प्रेमबल्लब जोशी अध्यक्ष, प्रेमसिंह ठगुन्ना उपाध्यक्ष, कल्यानसिंह बोहरा सचिव, जयन्ती कार्की कोषाध्यक्ष, अमरसिंह कुवँर, मनोज सिंह धामी, पदमराज भट्ट, नन्दादेवी कुवँर सदस्य रहने गरी सञ्चालक समिति गठन गरिएको छ। यस्तै शुक्लावती बुढाथोकी संयोजक र कृष्णराज जोशी, देवसिंह ठगुन्ना सदस्य रहने गरी लेखा सुपरीवेक्षण समिति गठन गरिएको अध्यक्ष जोशीले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?