दार्चुलामा भारतीय हेलिकप्टरले नेपाली आकाशमा बिना अनुमति उडान गर्‍यो

दार्चुला । नेपाली प्रशासनसँग कुनै पूर्व समन्वय नगरी भारतीय पक्षले दार्चुलास्थित नेपाली आकाशमा हेलिकप्टर उडाएको छ। नेपाली प्रशासनको आँखै अगाडी जिल्ला सदरमुकाम खलंगाको आकाशमा भारतीय हेलिकप्टरले पटक–पटक फन्को लगाएको स्थानीयले बताएका छन्।

स्थानीयहरुको अनुसार मंगलबार विहानको समयमा भारतीय हेलिकप्टर खलंगाको आकाशमा फन्को लगाउँदै सरकारी कार्यालयहरू माथिबाट उडिरहेको थियो ।

यस विषयमा नेपाली प्रशासनसँग कुनै औपचारिक जानकारी वा अनुमति नलिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले पुष्टि गर्नुभयो। उहाँका अनुसार भारतीय पक्षले नेपाली आकाश प्रयोग गर्नुपूर्व नेपाली प्रशासन संग कुनै पनि किसिमको समन्वय गरेको छैन ।

प्रमुख जिल्ला अधिकारी पौडेलले भारतीय पक्षसँग बिना अनुमति नेपाली आकाशमा हेलिकप्टर किन उडाइएको हो भन्नेबारे जानकारी माग गरिएको जानकारी दिनुभयो। जवाफमा भारतीय पक्षले हेलिकप्टर ल्याण्डिङका क्रममा प्राविधिक समस्या देखिएकाले उक्त अवस्था सिर्जना भएको र आगामी दिनमा यस्तो घटना नदोहोरिने प्रतिक्रिया दिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

दार्चुलाको सीमा क्षेत्रमा यसअघि पनि भारतीय पक्षले पटक–पटक नेपाली प्रशासनसँग समन्वय नगरी नेपाली आकाशमा हेलिकप्टर उडाउँदै आएको बताइन्छ। पछिल्लो घटनापछि बिना जानकारी नेपाली आकाश प्रयोग गरिएको भन्दै स्थानीय नागरिकहरूले आपत्ति जनाएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?