दार्चुला । दार्चुलाका ५ स्थानीय तहमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको नौगाड, मार्मा, अपिहिमाल, व्याँस र दुहुँ गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको हो ।
नौगाड गाउँपालिकामा पुष १० गते देखि १२ गते सम्म प्रतियोगिता सञ्चालन भएको थियो । उक्त प्रतियोगिताको उपाधि गणेश विनायक माध्यमिक विद्यालय सिप्टीले जितेको थियो भने जनहित माध्यमिक विद्यालय धुलिगडा द्धितीय र केदारेश्वरी माध्यमिक विद्यालय सुण्डमुड तृतीय भएको थियो ।
त्यस्तै पुस १० देखि सञ्चालन भएको मार्मा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस १४ गते सम्पन्न भएको थियो । मार्मा गाउँपालिका स्तरीय छैंटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लटिनाथ माध्यमिक विद्यालय रस्कोटले जितेको थियो भने तपोवन माध्यमिक विद्यालय पडपडाले द्धितीय र दुर्गेश्वरी माध्यमिक विद्यालय ताकुले तृतीय स्थान प्राप्त गरेको थियो ।
पुस ६ देखि ८ गते सम्म सञ्चालन भएको अपिहिमाल गाउँपालिका स्तरीय छैंटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महादेव माध्यमिक विद्यालय घुसाले जितेको थियो भने भवानी माध्यमिक विद्यालय सौगन्ना द्धितीय र खण्डेश्वरी माध्यमिक विद्यालय क्षेत्तीले तृतीय स्थान प्राप्त गरेको थियो ।
जिल्लाको व्याँस गाउँपालिकामा पुस १७ गते देखि सञ्चालन भएको प्रतियोगिता पुस १९ गते सम्पन्न भएको थियो । छैंटौ व्याँस गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सम्पाल माध्यमिक विद्यालय सुन्सेराले जितेको थियो भने हिमालय माध्यमिक विद्यालय हुती द्धितीय र दुर्गास्थान माध्यमिक विद्यालय स्याँकूले तृतीय स्थान प्राप्त गरेको थियो ।
त्यस्तै दुहुँ गाउँपालिकामा पुस २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिता पुस २५ गते सम्पन्न भएको थियो । उक्त प्रतियोगिताको उपाधि जनविकास माध्यमिक विद्यालय बारबाँजले थियो भने धारिपाटा माध्यमिक विद्यालय धारी द्धितीय र गोरिलमाण्डौ माध्यमिक विद्यालय हिकिला तृतीय भएको थियो ।
आगामी १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनोट स्वरुप अहिले स्थानीय तहहरुले पालिका स्तरीय प्रतियोगिता सञ्चालन गरिरहेका हुन् ।
जिल्लाको महाकालीनगरपालिकाले माघ २ गतेदेखि ५ गतेसम्म प्रतियोगिता सञ्चालन गर्दै छ भने लेकम गाउँपालिकाले माघ ४ गते देखि प्रतियोगिता सञ्चालन गर्दै छ । मालिकार्जुन गाउँपालिकाले पनि माघ पहिलो साताबाट नै प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिरहेको छ । शैल्यशिखर नगरपालिकाले पनि प्रतियोगिता सञ्चालनको तयारी गरिरहेको जनाएको छ।




