दार्चुला । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीगगन थापा र विशवप्रकाश शर्माबीच देउवा निवास महाराजगञ्जमा भएको छलफल सकिएको छ ।
उहाँहरुबीच भएको सम्वादमा खास निष्कर्ष ननिस्के पनि फेरि छलफल गर्ने भन्नेमा चैँ दुवै पक्ष सकारात्मक भएका छन् । सभापतिबाहेक सबै हस्ताक्षर नगर्ने निष्कर्ष देउवाले महामन्त्रीद्वयलाई सुनाएका छन् ।
‘सभापति एकदम पोजिटिभ हुनुभएको छ, निर्वाचन आयोग मान्छ भने निर्वाचनमा टिकट बाँड्ने पत्रमा पनि हस्ताक्षर गर्न रुचि राख्दिनँ भन्ने निष्कर्षमा उहाँ पुग्नु भएको छ,’ एक नेताले भन्नुभयो। सभापति देउवा र महामन्त्रीद्वय फेरि छलफलमा जुट्ने भएका छन् ।
यता भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनमा चुनावी प्रक्रिया शुरू भएको छ ।




