दार्चुलाको लेकम-१ मा अवस्थित हुनैनाथ आवि डोबिगाउँको विव्यस अध्यक्षमा गगन साउँद चयन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा रहेको हुनैनाथ आधारभूत विद्यालय डोबिगाउँको विद्यालय व्यवस्थापनि समिति गठन गरिएको छ । बुधबार (आज) वडा अध्यक्ष नवराज पन्तको अध्यक्षतामा बसेको भेलाले गगन सिंह साउँदको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक नैन सिंह साउदले जानकारी दिनुभयो।

सदस्यहरु कटौरी लाबड, बिमला साउँद, बल्देव बोहरा, र कालु दत्त पन्त चयन हुनुभएको छ । त्यस्तै वडा प्रतिनिधिमा वडा अध्यक्ष नवराज पन्त मनोनित सदस्यमा चन्द्रा साउँद शिक्षक प्रतिनिधिमा सुन्दर सिंह धामी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नैन सिंह साउँद चयन हुनुभएको छ ।

यस अघि शान्ति साउँदको अध्यक्षतामा दिपा बोहरा, कमला साउँद, दमयन्ती साउँद, पार्वती पन्त, कलकुतो साउँद, लालसिह साउँद, बिमला लाबड सदस्य रहने गरी शिक्षक अभिभावक संघ गठन गरिएको उहाँले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?