दार्चुलाको लेकम-६ मा अवस्थित मालिकार्जुन मावि तेलिगाउँको ६५औँ वार्षिकोत्सव उद्घाटन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ तेलिगाउँमा रहेको मालिकार्जुन माध्यमिक विद्यालय तेलिगाउँको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन गरिएको छ । बुधबार (आज) विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिनन्दन नाथको अध्यक्षता एवं लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशीको प्रमुख आतिथ्यतामा विद्यालयको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन गरिएको विद्यालयका शिक्षक नवराज जोशीले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधवी जोशी, पूर्व गाउँपालिका अध्यक्ष परमानन्द जोशी, वडा नम्बर ६ का पूर्व वडा अध्यक्ष कमलापती मिश्रको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा जनप्रतिनिधि, अन्य विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, शिक्षप्रेमी, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक विजय राज मिश्रले विद्यालयका वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार विद्यालयको गत आर्थिक वर्षको कुल आय ७९ लाख ६७ हजार १ सय १३ रुपैँया २५ पैँसा र व्यय ७७ लाख ९५ हजार ५३ रुपैँया २० पैँसा रहेको छ ।

सो अवधिमा जम्मा बचत १ लाख ७२ हजार ६० रुपैँया ५० पैँसा रहेको प्रधानाध्यापक मिश्रले बताउनुभयो ।

वार्षिकोत्सब समारोहमा अन्तर सदनात्मक हाजिरीजवाफ र कुर्सी दौड लगायतका प्रतियोगिता सञ्चालन गरिएको शिक्षक जोशीले बताउनुभयो ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । दुई दिन सम्म सञ्चालन हुने वार्षिकोत्सव समारोह भोली सम्पन्न हुने विद्यालयका प्रधानाध्यापक विजयराज मिश्रले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?