माघ ४ बाट चुनावी अभियानमा होमिदै एमाले, काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

दार्चुला । नेकपा एमालेले माघ ४ गते काठमाडौमा शक्ति प्रदर्शन गर्ने भएको छ।

पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर काठमाडौंंमा ४ गते विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिने तयारी भएको बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेलले बताउनुभयो।

जनप्रदर्शनपछि प्रज्ञा भवनमा हुने सभालाई पार्टी अध्यक्ष केपी ओलीबाट सम्बोधन हुने बताउनुभयो। सभालाई अध्यक्ष ओलीले सम्बोधनसँगै चुनावको लागि आवश्यक निर्देशन दिने बताइएको छ। बागमतीको १८ सीटमा एमालेले अधिकतम जित्ने गरी रणनीति बनाइरहेको पनि उहाँले बताउनुभयो ।

सचिव महेश बस्नेतले पनि पार्टी ४ गतेबाट औपचारिक रूपमा चुनावमा होमिने बताउनुभयो। आफूहरूले चुनावमा होमिने तयारी गरिराख्दा पनि सरकारले अझै वातावरण बनाउन नसकेको दाबी गर्नुभयो।

आगामी चुनावमा एमालेले बहुमत नभए सबैभन्दा ठुलो दल बन्ने उहाँको भनाइ छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?