दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको ऐडिबाग मावि मैखोलीको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा परमानन्द जोशी निर्वाचित हुनुभएको छ। अभिभावक भेलाबाट चयन भएका विद्यालय व्यवस्थापन समिति सदस्यहरूको बैठकले अध्यक्षमा लेकम गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहनुभएका जोशीलाई चयन गरेको विद्यालयका प्रधानाध्यापक जयानन्द जोशीले बताउनुभयो ।

मावि मैखोलीको विद्यालय व्यवस्थापन समिति सदस्यहरूमा देवराज जोशी, बिष्णुदत्त जोशी, गोमती जोशी, जानकी जोशी, माधवी जोशी चयन हुनुभएको छ। यस्तै शिक्षक प्रतिनिधिमा अम्बादत्त जोशी, वडा प्रतिनिधिमा रेवाधर जोशी र विव्यस सदस्य सचिवमा प्रधानाध्यापक जयानन्द जोशी निर्वाचित हुनुभएको छ।

यस्तै केही दिन पहिले सम्पन्न अभिभावक भेलाबाट राधापल्लब जोशीको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको प्रधानाध्यापक जोशीले बताउनुभयो । शिक्षक अभिभावक संघको सदस्यहरूमा देबिदत्त जोशी, हरिदत्त जोशी, गंगादत्त जोशी, कौशीला जोशी, शिवदत्त जोशी, राधा जोशी र भानदेव जोशी चयन भएको प्रधानाध्यापक जोशीले जानकारी दिनुभयो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?