दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले गाउँपालिकाका दुई जना महिला भलिबल खेलाडीलाई सम्मान गरेको छ । ११औँ राष्ट्रिय योग दिवसको अवसरमा मालिकार्जुन गाउँपालिका घर भएका २ जना महिला भलिबल खेलाडीलाई नगदसहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशको टोलीबाट राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता खेल्दै आएका महिला भलिबल खेलाडीद्धय गौरी धामी र महिमा धामीलाई २५ हजार रुपैँयाको चेक र सम्मान पत्र प्रदान गरिएको उहाँले बताउनुभयो । राष्ट्रिय स्तरका प्रतियोगितामा प्रतिनिधित्व गरिसकेका खेलाडीले गाउँपालिकाको गरिमा बढाएको अध्यक्ष धामीले बताउनुभयो ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ घर भएका गौरा र महिमा दिदि बहिनी हुनुहुन्छ । खेलाडीहरुप्रति गाउँपालिकाले गरेको सम्मानले खेलाडीहरुको हौसला बढ्ने विश्वास गरिएको छ ।




