भीम रावलको आग्रह- मेरो खाताबाट दसैं भत्ताको रकम कट्टी गरियोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले भत्ता सुविधा नलिने घोषणा गर्नुभएको छ ।

कोरोना संकटको समयमा पनि दशैं भत्ता लिएको भनी सर्वत्र आलोचना हुन थालेपछि नेता रावलले दशैं भत्ता नलिने घोषणा गर्नुभएको हो । आइतवार विहान ट्वीट गर्दै नेता रावलले आफ्नो खातामा राखिदिएको भत्ताको रकम कट्टी गर्न आग्रह गर्नुभएको छ ।

हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

नेकपाका नेता नारायणकाजी श्रेष्ठले यस अगाडि नै संसदबाट प्राप्त हुने कुनै भत्ता नलिने घोषणा गरिसक्नुभएको छ ।

संघीय कानुनमा सांसदहरुले घरबहाल, बिजुली, पानी, सञ्चार खर्च, बैठक भत्ता र भ्रमण भत्ता पाउने व्यवस्था भए पनि दशैं खर्चसम्बन्धी व्यवस्था छैन । तर व्यवस्था नभए पनि दशैं खर्च लिएको समाचार सार्वजनिक भएपछि सर्वत्र आलोचना भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?