देउवा पक्षले भन्यो- आयोगको निर्णय हामी मान्दैनौं

दार्चुला । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगको निर्णय मान्य नहुने बताउनुभयो ।

आयोगको निर्णयपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आयोगको निर्णय कुनै पनि दृष्टिकोणबाट सही नभएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आयोगले सम्पूर्ण नियम( कानून तथा पार्टीको विधानको धज्जी उडायो । यसको हामी विरोध गर्छौँ । यो निर्णय हामीलाई मान्य छैन ।’

पार्टीको आगामी रणनीतिबारे बसेर छलफल गर्ने महतले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?