दार्चुलाको मालिकार्जुन-७ का लक्ष्मण टमटा मृत्यु प्रकरणमा १ महिलासहित ९ जना पक्राउ

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ मा एक जना मृत फेला परेका छन् । शुक्रबार दिउँसो वडा नम्बर ७ डिन्सी धरमपानीका ४० वर्षीय लक्ष्मण राम टमटा सोही ठाउँका महेश पालको गोठमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

प्रहरीलाई शुक्रबार दिउँसो १२ बजेको समयमा जानकारी आए पनि घटना विहिबार राती भएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिनुभयो । विहिबार राती मृतक टमटा स्थानीय महेश पालको घरको गोठमा सुतेका थिए । बेलुकीको खाना खाएर सुतेका टमटा विहान गोठमै मृत फेला परेको प्रारम्भिक सोधपुछमा खुलेको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा टमटाको हत्या भएको आंशका गरिएको छ । घटनाको अनुसन्धानको लागि प्रहरीले एक महिलासहित ९ जनालाई नियन्त्रणमा लिएको र घटनामा संलग्न रहेको आंशका गरिएका एक जना फरार रहेको प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभयो ।

मृत फेला परेका टमटाको शरिरमा घाउचोट र निलडाम देखिएको प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभयो ।

मृतक टमटाको पारिवारले लक्ष्मणको कुटपिट गरि हत्या गरेको आरोप लगाएका छन् । मृतक टमटाको शरीर भरि प्रष्ट निलडाम देखिएको छ । टमटाको अनुहार र टाउँको समेत चोट रहेकोले हत्या नै भएको भन्दै परिवारले घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन् । विहिबार टमटालाई स्थानीय पालको गोठमा बाधेर कुटपिट गरेपछि उनको हत्या गरेको परिवारको आरोप छ ।

टमटाको शव जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी बुढाथोकीले बताउनुभयो । टमटाको शव यो समाचार तयार पार्दा सम्म आफन्तले बुझेका छैन्न । टमटा मृत फेला परेको घरका घरधनी महेश पाल भने फरार रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?