सुदूरपश्चिम र  कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

दार्चुला । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र त्यसैको प्रभावले केही क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

महाशाखाका अनुसार तराई भू–भागका केही ठाउँमा अहिले लागिरहेको हुस्सु/कुहिरो दिउँसोसम्म रहनेछ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने सम्भावना छ ।

आज राति तराई भू–भागका केही ठाउँमा हुस्सु रहने छ भने कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?