बैतडीको पुर्चौडी नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकास्तरीय चौथौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगलबार नगरपालिकाको वडा नम्बर १ हाँट स्थित विशालपार्क खेलमैदानमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

नगरपालिकाका शिक्षा शाखा अधिकृत सुरेन्द्र प्रसाद जोशीको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रममा नगरप्रमुख दिपक बहादुर बमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै उद्घाटन कार्यक्रममा नगरउपप्रमुख मिना धानुक, प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर नेपाली, विभिन्न वडाका वडा अध्यक्षहरु, नगरपालिकाका विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिता अन्तरगत पहिलोदिन ६ स्वर्णको खेल सम्पन्न भएको छ । पहिलो दिन सम्पन्न छात्र तर्फको १ सय मिटर दौडमा भूमिराज माध्यमिक विद्यालय कुवाकोटका अंकित बोहरा प्रथम, मालिका माध्यमिक विद्यालय भटनाका हिमाल बोहरा द्धितीय र गलेश्वर माध्यमिक विद्यालय महरगाउँका सन्तोष विकले तृतीय स्थान प्राप्त गर्नुभएको छ । छात्रा तर्फ १ सय मिटर दौडमा भूमिराज मावि कुवाकोटकी अस्मिता लुहार प्रथम, भूमीराज मावि तहलातकी कलावती बोहरा द्धितीय र डिलेश्वरी मावि हाटकी सुमित्रा कुँवरले तृतीय स्थान प्राप्त गर्नुभएको छ ।

त्यस्तै छात्र तर्फको ४ सय मिटर दौडमा महादेव मावि शिवाबोका बरुण दत्त राना प्रथम, डिलेश्वरी मावि हाटका सन्तोष धानुक द्धितीय र भूमिराज मावि कुवाकोटका लोकेश लुहार तृतीय हुनुभएको छ भने छात्रा तर्फ ४ सय मिटरमा महादेव मावि शिवाबोका रबिना धामी प्रथम, भूमिराज मावि कुवाकोटका निरन्जन बोहरा द्धितीय र डिलेश्वरी मावि हाटका सुमित्रा कुवर तृतीय हुनुभएको छ ।

१५ सय मिटर छात्रा तर्फ मालिका मावि भटनाका अस्मिता कुँवर प्रथम, महेश्वरी मावि न्वाघरका बसन्ती भण्डारी द्धितीय र नेरा मावि पिपलकोका राजमती जोशी तृतीय हुनुभएको छ । १५ सय मिटर छात्र तर्फ महादेव मावि शिवाबोका लोकेश धानुक प्रथम, डिलेश्वरी मावि हाटका हरिश भण्डारी द्धितीय र गलेश्वर मावि महरगाउँका सन्तोष विक तृतीय हुनुभएको छ ।

प्रतियोगितामा अन्य खेलका हिट चरणका खेलहरु पनि सञ्चालन भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?