दार्चुला प्रहरीद्धारा ६ महिनामा ६३ जना फरार प्रतिवादी पक्राउ

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले चालू आर्थिक वर्षमा ६३ जना फरार प्रतिवादी पक्राउ गरि कैद तथा जरिवाना भुक्तान गराएको छ ।

चालू आर्थिक वर्ष २०८२/०८३ को पुस मसान्त सम्म दार्चुला प्रहरीले ६३ जना फरार प्रतिवादीहरु पक्राउ गरि कैद सजाय भुक्तान तथा जरिवाना असुल गराएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

विभिन्न मितिमा अदालत तथा प्रशासनबाट कैद सजाय तोकिएर फरार रहेका प्रतिवादीहरु मध्ये चालू आर्थिक वर्षको ६ महिनामा ६३ जनालाई पक्राउ गरि २६ वर्ष ३ महिना २४ दिन कैद भुक्तान तथा ५ लाख ७ हजार १ सय ९४ रुपैँया जरिवाना असुल गरिएको उहाँले बताउनुभयो ।

यि मध्ये पछिल्लो २ महिना मंसिरमा ३० जना र पुसमा ७ जना फरार प्रतिवादी पक्राउ परेको प्रहरीको तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?