दार्चुला । हिउँदे वर्षा नभएपछि दार्चुलामा हिउँदेबाली सुक्न थालेको छ । बाली लगाउने समय देखि भइरहेको लगाताकार खडेरीका कारण गहुँ लगायत हिउँदे बाली सुक्न थालेको हो ।

बाली सुक्न थालेपछि हिउँदेबालीको उत्पादनमा समेत कमी आउने अनुमान गरिएको छ । लामो समयसम्म परेको खडेरीका कारण जिल्लामा गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा गिरावट आउने अनुमान गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी शिशिर आचार्यले बताउनुभयो ।

खडेरीका कारण सिचाई सुविधा नरहेका जिल्लाका लेकाली भेगमा हिउँदे बाली सुक्न थालेको उहाँले बताउनुभयो । दार्चुलामा पाँच हजार नौ सय ६५ हेक्टर जमिनमा गहुँखेती गरिँदै आएकामा यो मध्ये ३२ दशमलव ७ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा रहेको छ । सिँचाइको सुविधा नभएका ठाउँमा आकासे पानीकै भरमा खेती लगाउने गरिएको छ ।

पछिल्ला केही वर्ष यता सिँचाइ सुविधाको अभावमा हरेक हिउँदमा उत्पादनमा गिरावट आउन थालेको छ । खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित छन् । वर्षे बालीमासमेत वन्यजन्तुले क्षति गरेका कारण खासै उत्पादन नभएको र हिउँदेबाली खडेरीले सुक्न थालेपछि कृषकहरु चिन्तामा छन् ।

गएको वर्ष दार्चुलामा १५ हजार एक सय तीन मेक्ट्रिकटन गहुँ उत्पादन भएकामा यो वर्ष भने समयमै पानी नपरेपछि गहुँ उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?