दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ सित्तड सलेनामा विद्युत तार शर्टहुँदा खरका कुन्युमा आगलागी भएको छ । बुधबार (आज) दिउँसो विद्युतको मेन लाइन शर्टहुँदा खसेको आगोलेको झिल्काले स्थानीय जयसिंह भुलका ३ थुप्रो खर जलेर नष्ट भएको स्थानीय गजबहादुर गोयलाले बताउनुभयो ।
विद्युतको मेन लाईनको तारमा चरा बसेर हल्लिदा तारशर्ट भई आगलागी भएको उहाँले बताउनुभयो । । आगलागीबाट करिब ३० हजार बराबरको क्षती भएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया