दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले वडा नम्बर ३ को ढोलिबस्ता सम्म सडकको ट्र्याक खुलाएको छ । राष्ट्रिय धाम मालिकार्जुन, शिखर धुरा जाने बाटो भएर ढोलिबस्ता सम्म सडकको ट््रयाक खुलाईएको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।
गाउँपालिकाको वडा नम्बर ३ सिलङ्गैर बजारबाट वडा नम्बर ३ र शैल्यशिखर नगरपालिका वडा नम्बर ६को सीमाक्षेत्र ढोलिबस्ता सम्म गाउँपालिकाले आफ्नै बजेटमा सडकको ट्र्याक खुलाएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले आफ्नै मेसिन लगाएर पछिल्लो केही दिनमा ३ किलोमिटर बढी सडकको ट्र्याक खुलाएको उहाँले बताउनुभयो ।
गाउँपालिकामा सडक पुगेपछि सुङ्गरखाली, धौखानी लगायतका स्थानीयले खुसी व्यक्त गरेका छन् ।
धार्मिक हिसाव अति महत्वपुर्ण ठाउँ र सडकबाट सन्चित रहेको भुगोललाई समेट्ने प्रयास अन्तरगत गाउँपालिकाले उक्त ठाउँसम्म सडकको ट्र्याक खोलेको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।




