दार्चुला । दार्चुलाको लेकम गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सकिदै छ । आइतबारबाट गाउँपालिका वडा नम्बर ३ स्थित कृष्ण माध्यमिक विद्यालय लालीको खेलमैदानमा सञ्चालन भईरहको प्रतियोगिता आज सम्पन्न हुँदै छ ।
प्रतियोगितामा आज विहान १० बजे सम्म ३९ स्वर्णको खेल सकिदा लटिनाथ माध्यमिक विद्यालय चौपाताले अग्रता बनाएको छ । लटिनाथ माध्यमिक विद्यालयले विहिबार विहान सम्म १३ स्वर्ण ५ रजत र ६ कास्य गरि कुल २४ पदक प्राप्त गरेको छ । त्यस्तै दोस्रो नम्बरमा रहेको कृष्ण माध्यमिक विद्यालय लालीले १० स्वर्ण ७ रजत र १४ कास्य गरि कुल ३१ स्वर्ण प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको हुनैनाथ माध्यमिक विद्यालय कुणीले १० स्वर्ण ६ रजत र ५ कास्य गरि कुल २४ पदक प्राप्त गरेको छ ।
अन्य विद्यालय तर्फ गल्लाकेदार माध्यमिक विद्यालय खरकडाले २ स्वर्ण र ५ रजत प्राप्त गरेको छ । त्यस्तै हुनैनाथ माध्यमिक विद्यालय रातामाटाले १ स्वर्ण ७ रजत र ७ कास्य, मालिकार्जुन माध्यमिक विद्यालय तेलिगाउँले १ स्वण, २ रजत र २ कास्य, ऐडीबाँग माध्यमिक विद्यालय मैखोलीले १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेको छ । त्यस्तै बडिपुर माध्यमिक विद्यालय सर्मोलीले ४ रजत र ४ कास्य, गणेश माध्यमिक विद्यालय गाडागाउँले २ रजत र २ कास्य र केदारनाथ माध्यमिक विद्यालय धरमघरले १ स्वर्ण पदक प्राप्त गरेको छ ।
प्रतियोगिता अन्तरगत अब ४ स्वर्णको मात्रै खेल हुन बाँकी रहेको छ ।




