अपिहिमालको धनबोरास्थित बेसक्याम्प जाने मार्गमा अस्थायी पुल निर्माण

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ र २ जोड्ने चमेलिया नदीमाथि अस्थायी पुल निर्माण गरिएको छ।

गत साता आएको सुख्खा पहिरोका कारण अपिहिमाल बेसक्याम्प जाने मुख्य मार्गअन्तर्गत धनबोरास्थित चमेलिया नदीमाथिको फलामे पुल भाँचिएपछि आवतजावतमा समस्या उत्पन्न भएको थियो।

भाँचिएको पुलभन्दा करिब १५ मिटर तल गाउँपालिका र स्थानीयको सहकार्यमा अस्थायी काठे पुल निर्माण गरी सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष भक्तबहादुर सिंह ठेकरे बोहराले जानकारी दिनुभयो।

वडा नम्बर २ र ३ जोड्ने मुख्य मार्गमा रहेको पुल क्षतिग्रस्त भएपछि स्थानीयवासी तथा अपिहिमाल बेसक्याम्प जाने पर्यटकलाई समस्या भएपछि वडा नम्बर २ र ३ का खोज तथा उद्धार टोलीका प्रतिनिधि, प्राविधिक सहयोग र स्थानीयको सहभागितामा अस्थायी पुल निर्माण गरिएको उहाँले बताउनुभयो।

अपिहिमाल बेसक्याम्प ट्रेकिङका लागि आन्तरिक तथा बाह्य पर्यटकले प्रयोग गर्ने मुख्य मार्ग भएकाले अस्थायी रूपमा भए पनि पुल सञ्चालनमा ल्याइएको वडा नम्बर २ का वडा अध्यक्ष रामसिंह धामीले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?