दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्रीहरुको सहजताको लागी वडाहरुमा नै सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले जानकारी दिनुभयो ।

गाउँपालिकाले सञ्चालन गर्ने उक्त शिविरले सामान्य हिडडुल गर्न नसक्ने, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला र बालपोषण भत्ता प्राप्त गरिरहेका लाभग्रीहरु लगायत सामाजिक सुरक्षा भत्ता लाभग्रीहरुले वडाबाटै सामाजिक सुरक्षा भत्ता बुझ्न सक्ने छन् ।

शिविर यहि माघ ११ गतेदेखि १५ गते सम्म सञ्चालन हुने छ ।

माघ ११ गते गाउँपालिकाको वडा नम्बर ३ को कार्यालय लालीमा शिविर सञ्चालन हुने छ । त्यस्तै माघ १२ गते वडा नम्बर ४ को कार्यालय खरकडामा, माघ १३ गते वडा नम्बर २ को कार्यालय कुणीमा, माघ १४ गते वडा नम्बर १ को कार्यालय सर्माेलीमा र माघ १५ गते वडा नम्बर ६ को कार्यालय उचाकोटमा शिविर सञ्चालन हुने गाउँपालिकाका एमआईएस अपरेटर प्रकास राज विष्टले जानकारी दिनुभयो ।

वडा नम्बर ५ को हकमा लाभग्रीहरुले बैंक नजिकै रहेकाले बैंकबाटै सेवा लन सक्ने भएकोले शिविर सञ्चालन नहुने उहाँले बताउनुभयो । लाभग्राहीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचयपत्र, अपाङ्गता परिचय पत्र र चेक बुक लिएर भत्ता बुझिलिन गाउँपालिकाले आग्रह गरेको छ। यस अघि पनि गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणको लागि शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?