लेकमको छैटौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्नः चौपाता प्रथम, लाली द्धितीय, कुणी तृतीय (पदकसहित)

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । विहिबार (आज) सम्पन्न भएको प्रतियोगिताको उपाधि लटिनाथ मावि चौपाताले जितेको छ । गत वर्ष समेत चौपाता उपाधी विजेता बनेको थियो । खेलमा कृष्ण मावि लाली उपविजेता बनेको छ भने हुनैनाथ मावि कुणीले तृतीय स्थान प्राप्त गरेको छ ।

गत आइतबारबाट वडा नम्बर ३ मा अवस्थित कृष्ण मावि लालीको खेलमैैदानमा सञ्चालन भएको प्रतियोगितामा लटिनाथ माध्यमिक विद्यालय चौपाताले १४ स्वर्ण ८ रजत र ८ कास्य गरि कुल ३० पदकसहित उपाधि जितेको हो । कृष्ण माध्यमिक विद्यालय लालीले १३ स्वर्ण ८ रजत र १३ कास्य गरि कुल ३४ पदकसहित द्धितीय स्थान प्राप्त गर्दा हुनैनाथ माध्यमिक विद्यालय कुणीले १० स्वर्ण ७ रजत र १२ कास्य गरि कुल २९ पदकसहित तृतीय स्थान प्राप्त गरेको छ ।

गल्लाकेदार माध्यमिक विद्यालय खरकडाले ३ स्वर्ण, ४ रजत र १ कास्य प्राप्त गरेको छ । हुनैनाथ माध्यमिक विद्यालय रातामाटाले १ स्वर्ण, ५ रजत र १२ कास्य, मालिकार्जुन माध्यमिक विद्यालय तेलिगाउँले १ स्वण, ३ रजत र २ कास्य, ऐडिबाग माध्यमिक विद्यालय मैखोलीले १ स्वर्ण, १ रजत र १ कास्य, बडिपुर माध्यमिक विद्यालय सर्मोलीले ५ रजत र ६ कास्य, गणेश माध्यमिक विद्यालय गाडागाउँले २ रजत र १ कास्य र केदारनाथ माध्यमिक विद्यालय धरमघरले १ स्वर्ण पदक प्राप्त उहाँले बताइएको छ ।

गाउँपालिकाका सामाजिक विकास समिति संयोजक, गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश सिंह थापाको अध्यक्षतामा भएको समापन समारोहमा गाउँपालिका अध्यक्ष राम दत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधवी जोशी, प्रमुख प्रशासकीय अधिकृत दीपक राज जोशी, विभिन्न वडाका वडा अध्यक्षहरु, शिक्षक, खेल प्रशिक्षक, खेलप्रेमी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको गाउँपालिकाका रोजगार सहायक तथा वडा नम्बर ५ का वडा सचिव दिपक धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?