न्युजिल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी

दार्चुला । न्युजिल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । रायपुरमा गएराति भएको खेलमा २ सय ९ रनको लक्ष्य पछ्याएको भारतले १५ ओभर २ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।

उसका इशान किशनले ७६ र सूर्यकुमार यादवले अविजित ८२ रन बनाए । त्यस्तै शिवम दुबेले ३६ रन जोडे ।

त्यसअघि न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । उसका रचिन रवीन्द्रले ४४ रन र मिचेल स्यान्टनरले अविजित ४७ रन बनाए ।

पाँच खेलको शृङ्खला भारत २–० ले अगाडि छ । पहिलो खेल भारतले ४८ रनले जितेको थियो । तेस्रो टी–२० खेल भोलि गुवाहाटीमा हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?