दार्चुला । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ, दार्चुलाले माटो परीक्षण शिविर र डिजिटल सोल म्याप अद्यावधिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८२÷०८३ मा माटो स्वास्थ्य सुधार कार्यक्रम अन्तरगत माटो परीक्षण शिविर तथा Digital Soll Map अद्यावधिकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
कार्यालयले माटो परीक्षण प्रतिवेदनका आधारमा माटो सुधारका लागि ५० प्रतिशत अनुदानमा जिप्सम, कृषि चुन, सुक्ष्मतत्व आदि वितरण गर्ने कार्यक्रम पनि रहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ, दार्चुलाका प्रमुख कमल तामाङले बताउनुभयो ।
कम्तीमा १ सय बोटको बगैँचा स्थापना गरी स्याउ, ओखर तथा सुन्तलाजात फलफूल खेती गरिरहेका वा गर्ने योजनामा रहेका कृषक, कृषि समूह, सहकारी, फार्म तथा कम्पनीहरूलाई माटोको नमुना संकलन गरि माघ २२ गते सम्म परीक्षणको लागि कार्यालयमा बुझाउन आग्रह गरिएको छ ।





प्रतिक्रिया