मालिकार्जुन गाउँपालिकामा माघ १४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले माघ १४ गतेबाट पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै यहि माघ १४ गतेबाट छैटौं गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका ११ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहने प्रतियोगिता गाउँपालिकाको वडा नम्बर ३ मा स्थित मालिकार्जुन माध्यमिक विद्यालय मडको खेल मैदानमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा १८ वर्ष मुनिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले मात्रै सहभागी हुन पाउने छन् ।

प्रतियोगितामा छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कबड्डी तथा एथ्लेटिक्स तर्फ छात्र÷छात्राको १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, र ३ हजार मिटर ट्रयाक दौड सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । त्यस्तै ४ गुणा १ सय मिटर र ४ गुणा ४ सय मिटर रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट लगायतका खेलहरु सञ्चालन हुने छन् ।

मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिका बाहेक जिल्लाका ७ स्थानीय तहले यस अघि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छन् । शैल्यशिखर नगरपालिकाले पनि माघ मसान्त भित्रै प्रतियोगिता सम्पन्न गर्ने गरि तयारी गरिरहेको नगरपालिकाका सूचना अधिकारी भोजराज भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?