दार्चुला। दार्चुलामा ट्याक्टर दुर्घटना भएको छ । सोमबार (आज) महाकाली करिडोर अन्तरगत व्याँस गाउँपालिका वडा नम्बर ४ सुनसेरामा ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परि कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ९ ब्रहमदेव घर भएका २० वर्षीय चालक सचिन ठगुन्ना घाइते हुनुभएको छ ।

दिउँसो करिव साढे १ बजेतिर निर्माण सामाग्री बोकेको सु.प.प्र. ११६६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

ट्याक्टर सडकबाट करिब २०० मिटर तल खसेको थियो । घाइते चालकको स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले बताउनुभयो ।

दुर्घटना भएको खबर प्राप्त भए लगत्तै नेपाली सेनाको टोलीले घाइते चालकको उद्दार गरि प्राथमिक उपचार पछि थप उपचारका लागि एम्बुलेन्स मार्फत जिल्ला अस्पताल दार्चुला पठाइएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी भट्टले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?