दार्चुला । प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कार गर्ने निर्णय गरिएपछि नौगाड गाउँपालिका–१ नागुक्षेत्रमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको सरकारी टोली माघ २४ गते स्थलगत भ्रमणमा जाने भएको छ। सडक, गोरेटो बाटो, खाद्यान्न ढुवानी, झोलुंगे पुल र विद्यालय भवन निर्माणको माग गर्दै स्थानीयले चुनाव बहिष्कार गरेपछि वस्तुस्थिति बुझ्न प्रजिअ पौडेल नेतृत्वको टोली नागु गाउँ जान लागेको हो।

स्थानीयले माघ १ गते विकासमा उपेक्षा भएको भन्दै चुनाव बहिष्कार गर्ने निर्णय गरेका थिए। हाल करन सिंह डडालको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ। प्रजिअ पौडेलले स्थानीयका सम्भव हुने जायज माग तत्काल सम्बोधन गर्न र माथिल्लो तहमा थप समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

भ्रमण टोलीमा सुरक्षा निकाय तथा स्वास्थ्य, पशुसेवा कार्यालयका प्रमुखहरु सहभागी हुनेछन् भने नागुक्षेत्रमा राष्ट्रिय परिचयपत्र वितरणको तयारी पनि गरिएको छ। नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले यो भ्रमण स्थानीय समस्या बुझ्न उपयोगी हुने बताउनुभयो। सुरूमा चुनावमा भधोट माग्न आउने नेतालाई गाउँमै प्रवेश गर्न नदिने निर्णय गरेका नागुबासीले पछि निर्णय सच्याउदै गाउँमा आउनेलाई आउन दिने तर मत कसैलाई नदिने निर्णय गरेको बताएका छन्। स्थानीयका सम्भव हुने जायज माग तत्काल सम्बोधन गर्न र माथिल्लो तहमा थप समन्वय गर्ने प्रतिबद्धता जनाएर निर्वाचनमा भाग लिन अनुरोध गर्न प्रजिअ पौडेल नेतृत्वको टोली जान लागेको बताइएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?