बैतडी बस दुर्घटनाः अन्त्येष्टिका लागि एकै आँगनबाट सात श*व उठाइयो

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ७ बडूगाउँको मोडमा बिहिबार राती भएको जन्तीको बस दुर्घटनामा ज्यान गुमाएका बेहुला पक्षका सात जनाको अन्त्येष्टिको लागि एकै आँगनबाट पार्थिव शरीर उठाइएको छ।

घटनामा १३ जनाको ज्यान गएकोमा बझाङको बित्थडचिर वडा नम्बर ७ लगुणासाका नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी, वसन्तराज जोशी, केशवराज जोशी, अशोकराज जोशी, किसनदत्त जोशी र विसनदत्त जोशीको शनिबार एकै चिहानमा अन्त्येष्टि गरिएको छ ।

नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजु भाइ हुनुहुन्थ्यो। दाजु नरेन्द्र बित्थडचिर ७ का वडा सचीव हुनुहुन्थ्यो भने भाइ विष्णु स्थानीय महादेव माध्यमिक विद्यालयका अङ्ग्रेजी शिक्षक हुनुहुन्थ्यो। यस्तै घटनामा ज्यान गुमाउने वसन्तराज जोशी मृतक नरेन्द्र र विष्णुदत्तका भतिजो हुनुहुन्थ्यो।

घटनामा ज्यान गुमाउने वसन्तराज जोशी, मृतक नरेन्द्रराज र विष्णुदत्तका माइलो दाजुको जेठो छोरा हुनुहुन्थ्यो। घटनामा ज्यान गुमाउने ४० वर्षीय केशवराज जोशी र अशोकराज जोशी पनि बाबु(छोरा हुनुहुन्थ्यो।

केशवराजका एकमात्र छोरा अशोकराजको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनामा गम्भीर घाइते भएका किसनदत्त जोशी र विसनदत्त जोशी पनि सहोदर दाजुभाइ हुन्। उहाँहरू दुबैको अस्पताल लैजाने क्रममा ज्यान गएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?