सुनको भाउ आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढ्यो

दार्चुला । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ९१ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदी तोलाको ४ हजार ७ सय १० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?