दार्चुलामा आजदेखि ‘एचपिभी’ खोप अभियान सुरु

दार्चुला । दार्चुलामा आज देखि ‘एचपिभी’ खोप अभियान सुरु भएको छ । जिल्लामा यो वर्ष साढे १४ सय बढी किशोरीहरुलार्र्ई ‘एचपिभी’ खोप लगाउने लक्ष्य अनुरुप ‘एचपिभी’ खोप अभियान सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथामका लागि जिल्लामा आगामी फागुन १ गतेसम्म ‘एचपिभी’ खोप अभियान सञ्चालन हुने छ । जिल्ला भरिका १ हजार ४ सय ५८ जना किशोरीलार्ई ‘एचपिभी’ खोप दिन लागिएको भट्टले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका ९ वटैै स्थानीय तहका कक्षा ६ मा अध्ययनरत छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरू यस अभियानको मुख्य लक्षित समूह हुन्। साथै, गतवर्ष सञ्चालित एचपीभी खोप अभियानका क्रममा छुटेका लक्षित समूहका किशोरीहरूमध्ये हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पनि यसपटक खोप लगाइने उहाँले बताउनुभयो ।

जिल्लामा कक्षा ६ मा अध्ययनरत १ हजार ४ सय ४७ जना, गतवर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्यनरत ५ जना र विद्यालय बाहिरका ६ जना किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालयका लक्ष्य राखिएको छ ।

जस अनुसार जिल्लाको महाकाली नगरपालिकामा कक्षा ६ मा अध्यनरत २ सय ४ जना किशोरीलाई खोप लगाउन लक्ष्य राखिएको छ । त्यस्तै शैल्यशिखर नगरपालिकामा कक्षा ६ मा अध्यनरत २ सय १ जना र विद्यालय बाहिरका १ गरि जम्मा २ सय १९ जना, दुहुँ गाउँपालिकामा विद्यालयका ५७ र १ जना गत वर्षको छुट भएको गरि ५८ जना, मार्मा गाउँपालिका विद्यालयका २ सय ५ जना, अपिहिमाल गाउँपालिकामा, विद्यालयका ६९ जना, विद्यालय बाहिरका ३ जना गरि जम्मा ७२ जना, लेकम गाउँपालिकामा विद्यालयका ९७ जना, गत वर्ष छुटेका २ जना र विद्यालय बाहिरका २ जना गरि १ सय १ जना, नौगाड गाउँपालिकामा विद्यालय भित्रका २ सय १९ जना, मालिकार्जुन गाउँपालिकामा विद्यालय भित्रका १ सय ८ जना र व्याँस गाउँपालिकामा विद्यालय भित्रका १ सय जना र २ जना छुट गरि १ सय २ जना किशोरीलाई खोप लागउन लक्ष्य राखिएको छ ।

यसरी १ हजार ४ सय ५ जना किशोलाई खोप लगाइने योजना रहेको छ । खोप अभियान सञ्चालनका लागि १ सय ७१ जना स्वास्थ्यकर्मी र १सय ७१ जना स्वयंसेवक परिचालन गरिएको छ ।

विशेषगरी १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूमा खोप प्रभावकारी हुने भएकाले यही उमेर समूहलाई लक्षित गरी एचपिभी खोप कार्यक्रम सञ्चालन गरिँदै आएको हो। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार पाठेघरको मुखको क्यान्सर महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा उच्च जोखिमयुक्त मानिन्छ।

नेपालमा पनि महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा रहेको र यसको मुख्य कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) रहेको अध्ययनले देखाएका छन्। स्वास्थ्य अधिकारीका अनुसार यौन सम्पर्क हुनुपूर्व किशोरी अवस्थामै यो खोप लगाउनु क्यान्सर रोकथामका लागि सबैभन्दा प्रभावकारी उपाय हो। सुरुवाती चरणमा खासै लक्षण नदेखिने यो रोगबाट बच्न खोपका साथै ३० वर्ष पूरा भएका महिलाले नियमित रूपमा पाठेघरको मुखको जाँच (स्क्रिनिङ) गराउनुपर्ने चिकित्सकको सुझाव छ। सरकारले यस रोगको भार कम गर्न राष्ट्रिय खोप कार्यक्रममार्फत देशभरका किशोरीलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?