दार्चुलामा प्रहरी हवल्दार घर्तीकाे हत्या प्रकरण: थप एक जना पक्राउ, मुख्य अभियुक्त अझै फरार

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा फरार रहेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। यससँगै घटनामा संलग्न आरोपमा पक्राउ पर्ने संख्या चार पुगेको छ भने अन्य तीन जना अझै फरार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टले राजेन्द्र डडाललाई मंगलबार साँझ पक्राउ गरिएको जानकारी दिनुभयो। उहाँकाअनुसार घटनामा फरार रहेका अन्य तीन जनाकाे खाेजी भइरहेकाे छ । प्रहरीले यसअघि याे घटनामा २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको थियो ।

शव व्यवस्थापनमा सहयोग गरेको आरोप लागेका डडाललाई भने हिजो साँझ नै पक्राउ गरिएको बताइएको छ । प्रहरीका अनुसार घटनामा बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडू र भाइ मनिस पाल भने अझै फरार छन् ।

उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । आशिक र उनका भाइले कुटपिट गर्दा घर्तीको मृत्युु भएको बयान पक्राउ परेकाहरूले दिएकाे प्रहरीकाे भनाइ छ । तर त्यसको सत्यता भने परीक्षण भइरहेको प्रहरीले जनाएको छ ।

घटनाका मुख्य अभियुक्त पक्राउ परेपछि थप कुरा खुल्ने प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?