लेकम-४ का विभिन्न ठाउँमा नेटवर्क समस्या यथावत, समाधान नहुँदा स्थानीय आक्रोशित

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–४ का विभिन्न टोलमा मोबाइल नेटवर्क नआउने समस्या यथावत रहेको स्थानीयले गुनासो गरेका छन्। जोगीभण्डार, बुढाकोट लगायतका बस्तीमा कुनै पनि नेपाली नेटवर्क नटिप्ने अवस्था रहेको स्थानीय तर्कराज ओझाले जानकारी दिनुभयो।

उहाँका अनुसार वडा नम्बर ४ का अधिकांश टोलमा लामो समयदेखि नेटवर्क समस्या कायम छ। समस्या समाधानका लागि वडा कार्यालय, गाउँपालिका तथा टेलिकम कार्यालयमा पटक–पटक आग्रह गरिए पनि अहिलेसम्म कुनै ठोस पहल नभएको स्थानीयको भनाइ छ।

जोगीभण्डार, बुढाकोट लगायतका ठाउँमा फोन गर्न समेत नेटवर्क नआउने अवस्था रहेको ओझाले बताउनुभयो। “इन्टरनेट त टाढाको कुरा भयो, सामान्य फोन गर्न पनि सिग्नल पाइँदैन,” उहाँले भन्नुभयो।
नेटवर्क नहुँदा केही स्थानीयले बाध्य भएर भारतीय सिम कार्ड प्रयोग गरी फोन तथा इन्टरनेट चलाउने गरेका छन्। आकस्मिक घटना वा आपतकालीन अवस्थामा सम्पर्क गर्न नसक्दा थप समस्या हुने गरेको स्थानीयको गुनासो छ।
स्थानीयले छिटोभन्दा छिटो नेटवर्क समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?