प्रहरी हत्या काण्ड : जवानको शव पनि भेटियो, पक्राउ गरेका व्याक्तिहरुद्धारा अपराध स्वीकार

अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव भेटिएको छ  । झण्डै ६० घण्टादेखि वेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा फेला परेको हो ।

बेपत्ता भएदेखि उनको खोजि कार्य प्रहरीले जारी राखेको थियो । प्रहरीका अनुसार साउदको शव मोहना नदीमा असई बिकको शव भेटिएको ठाउ भन्दा झण्डै ३ सय  मिटर टाढा भेटिएको छ । उहाँको शव नदीबाट निकाल्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र जवान साउद वेपत्ता भएका थिए ।

असई बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो ।

सलियापार र बनकट्टीको घाटको बीचमा असइ बिकको शव फेला परेको थियो । प्रहरी जवानको साउँदको शव भने बिकको शव फेला परेको स्थानबाट दुई सय मिटर माथि नदीमै फेला परेको हो ।

प्रहरीले बिकको हत्यामा संलग्न गिरोहलाई पक्राउ गरिसकेको जनाएको छ । संलग्न मध्ये केही अझै भागिरहेकाले खोजी तिव्र पारिएको  छ ।

प्रहरीले पक्राउ गरेका व्यक्तिहरुले धनगढी उपमहानगरपालिका–१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज असई गोविन्द बिक र प्रहरी जवान राम बहादुर साउँदको हत्या गरेको स्वीकार गरेका छन् ।

उनीहरुले फरुवाले आक्रमण गरी दुबै जनाको हत्या गरेको स्वीकार गरेका छन् ।
दुबै जनालाई हत्या गरी मोहना नदीमा फालेको समेत उनीहरुले स्वीकार गरेका छन् ।

प्रहरीले पक्राउ गरेका १६ जना मध्ये ६ जनाले घट्नामा आफ्नो संलग्नता भएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?