राष्ट्रिय लिग फुटबल आजदेखि फेरि शुरू हुँदै

दार्चुला । राष्ट्रिय लिग फुटबल आजदेखि फेरि शुरू हुँदैछ । मोफसलको प्रतियोगिताका कारण रोकिएको राष्ट्रिय लिग फुटबल आजदेखि फेरि शुरू हुन लागेको हो ।

आजको पहिलो खेलमा अहिले सवा १२ बजे एन्फा कम्प्लेक्स मैदानमा एपीएफ एफसी र नव जन जागृति खेल्दैछन् । अङ्क तालिकामा एपीएफ तेस्रो र नव जन जागृति पुछारमा छ ।

यस्तै दिउँसो ४ बजे एन्फा कम्प्लेक्समै न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी खेल्दैछन् । अङ्क तालिकामा एनआरटी चौथो र मनाङ आठौँ स्थानमा छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?