दार्चुलाको नौगाड-५ मा अवस्थित समैजी मावि सौकेबगडको ६७औँ वार्षिकोत्सव सम्पन्न

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ५ मा रहेको समैजी माध्यमिक विद्यालय सौकेबगडको ६७औँ वार्षिकोत्सव सम्पन्न भएको छ । आईतबार आज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कले गठुन्नाको अध्यक्षतामा सञ्चालन भएकोे वार्षिकोत्सव समारोह तथा अभिभावक दिवसमा गाउँपालिका अध्यक्ष दलजित सिंह धामीको प्रमुख आतिथ्यता रहेको विद्यालयका प्रधानाध्यापक प्रताप सिंह ठगुन्नाले जानकारी दिनुभयो ।

वार्षिकोत्सव समारोहको अवसभा विद्यार्थी तथा अभिभावक लागि विभिन्न मनोरञ्जनात्मक खेलहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा प्रधानाध्यापक ठगुन्नाले विद्यालयको गत आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार विद्यालयको कुल आय ४६ लाख १४ हजार २ सय ७२ रुपैँया ६३ पैसा र सोही अनुपातमा खर्च भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?