दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा आधारभूत तह कक्षा ५ र ८ को वार्षिक परीक्षा चैत्र २ गतेदेखि सञ्चालन हुने भएको छ । गाउँपालिका मंगलबार एक सूचना जारी गर्दै कक्षा ५ र ८ को वार्षिक परीक्षा चैत्र २ देखि ९ गते सम्म सञ्चालन हुने जनाएको हो ।

फागुन ४ गते बसेको परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र प्रधानाध्यापकहरुको बैठकको निर्णय अनुसार कक्षा ५ र ८ को पालिका स्तरीय परीक्षा चैत्र २ देखि ९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले जानकारी दिनुभयो ।

कक्षा ५ र ८ को परीक्षा सञ्चालन, उत्तरपुस्तिक परिक्षण, नतिजा प्रकाशन, ग्रेडसिट निर्माण, विवरण र नतिजा विश्लेषण लगायतका कार्यहरु गाउँपालिकाले गर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?