दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ मा अवस्थित भगवती माध्यमिक विद्यालय सित्तडको ६९औँ वार्षिकोत्सव सम्पन्न भएको छ । बुधबार आज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु दत्त जोशीको अध्यक्षतामा सञ्चालन भएको वार्षिकोत्सव समारोह तथा अभिभावक दिवसमा वडा नम्बर ६ का वडा अध्यक्ष गोपाल कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक केशव नाथले विद्यालयको गत आर्थिक वर्षको आयव्यव विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार विद्यालयका कुल आय १ करोड २० लाख ५१ हजार ९ सय ८० रुपैँया ९५ पैंसा र व्यय १ करोड १७ लाख ९ सय ६७ रुपैँया ८० पैँसा रहेको छ भने सो अवधिको बचत ३ लाख ७ हजार १३ रुपैँया १५ पैँसा रहेको छ ।
वार्षिकोत्सव समारोहमा जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक एवं स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा सञ्चालज शिक्षक हरिदत्त जोशीले गर्नुभएको थियो । वार्षिकोत्सव समारोहको अवसरमा विभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको स्थानीय गजबहादुर गोयलाले जानकारी दिनुभयो ।





प्रतिक्रिया