निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै मर्यादित रूपमा होली मनाउन दार्चुला प्रशासनको आग्रह

दार्चुला । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार तथा मौन अवधिभित्र होली/फागु पर्व परेकाले निर्वाचनको सुरक्षा संवेदनशीलता र आचारसंहिताको पूर्ण पालना गर्दै होली पर्व मनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

विहिबार (आज) एक सूचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण होली पर्वलाई मर्यादित, सभ्य, अनुशासित र शान्तिपूर्ण वातावरणमा मनाउन सम्पुर्ण जिल्लामा बासिलाई अनुरोध गरेको हो । यस पटक प्रतिनिधि सभा निर्वाचनको मौन अवधिमा होली पर्व परेकोले निर्वाचन आचारसंहिता र निर्वाचनको सुरक्षालाई समेत ध्यानमा राखेर होली मनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो ।

आपसी सद्भाव, शान्ति र सौहार्द कायम राख्दै होली मनाउन आग्रह गरिएको उहाँले बताउनुभयो । कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने वा फोहर छ्याप्ने जस्ता असभ्य व्यवहार नगर्न/नगराउन आग्रह गरिएको छ । त्यस्तै मादक तथा नशालु पदार्थ सेवन नगर्न, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन तथा सार्वजनिक स्थानमा होहल्ला वा चर्को आवाजमा डिजे नबजाउन अनुरोध गरिएको छ। कसैको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने तथा अमर्यादित वा उच्छृंखल व्यवहार नगर्न पनि प्रशानले आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण परिपालना गर्दै होली पर्व मनाउन र निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी, कर्मचारी तथा सर्वसाधारणलाई कुनै प्रकारको दुःख, हैरानी वा कष्ट नदिन पनि प्रशासनले स्पष्ट पारेको छ। सूचनाको उल्लंघन गरी प्रचलित कानून विपरीतका कार्य गरे÷गराएमा कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?