दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ बसानी की ३० वर्षीया क्यान्सर पीडित शान्ती टमटाको उपचारमा आर्थिक अभाव भएको छ । बाँकेको खजुरास्थित शुशिल कोइराला क्यान्सर अस्पतालमा उपचाररत टमटालाई स्तन क्यान्सर रहेको छ ।

टमटा दम्पती भारतमा ज्याला मजदुरी गरेर जिविका चलाउदै आएका थिए । करिब १ महिना जति भारतमा उपचार गराउँदा आर्थिक समस्या भए पछि नेपाल ल्याएर उपचार गराईरहेको उहाँका श्रीमान कृष्ण राम टमटाले बताउनुभयो ।

अहिले पनि उहाँको उपचार भईरहेको र उपचारका लागि आर्थिक सहयोगको आग्रह गरिएको छ। “परिवारको आर्थिक अवस्था कमजोर छ, उपचार गर्दा भएको सबै पैसा सकियो । आर्थिक समस्या चुलिएपछि औषधि र उपचारका लागि सबैसँग सहयोगको अनुरोध गरेका छौं,” उहाँका श्रीमान कृष्ण टमटाले भन्नुभयो ।

परिवारका अनुसार अहिले सामाजिक सञ्जालमार्फत पनि सहयोग संकलन अभियान सञ्चालन गरिएको छ। इच्छुक व्यक्तिहरूले आर्थिक सहयोग गरी शान्तीको उपचारमा साथ दिन परिवारले सबैमा अनुरोध गरेको छ।
उहाँलाई सहयोग गर्न चाँहनुहुनेले शान्तीका श्रीमान कृष्ण राम टमटाको नाममा माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ०८९०९६३७७२३०००१३ वा तल दिइएको क्युआर कोड स्यान गरि सहयोग रकम पठाउन सक्नु हुनेछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?