बैतडीको रौलेश्वर माविले होली खेलेर १ लाख बढी नगद संकलन गर्यो

दार्चुला । बैतडीको रौलेश्वर माध्यमिक विद्यालय, दोगडाकेदार गाउँपालिका–२ कफलकोटले होली सम्पन्न गरेको छ। विद्यालयले फागुन १५ गतेदेखि १८ गतेसम्म विभिन्न टोलहरूमा पुगेर होली कार्यक्रम सञ्चालन गरी भव्य रूपमा समापन गरेको जनाएको छ।

कार्यक्रमको पहिलो दिन विद्यालय परिसरबाट औपचारिक रूपमा होली टोली प्रस्थान गरी ब्रह्मपुर, चिनाड, सिराड, बसाड, सल्याड, डाँडा लगायतका बस्तीहरूमा पुगेको थियो। विद्यार्थी, शिक्षक तथा स्थानीय अभिभावकहरूको सक्रिय सहभागितामा होली मनाईएको विद्यालयले जनाएको छ।

होली कार्यक्रमका क्रममा विद्यालयको होली समितिले १ लाख ६ सय ७० रुपैँया रकम संकलन गरेको विद्यालयका सूचना अधिकारी दानबहादुर भाटले जानकारी दिनुभयो । संकलित रकममध्ये खर्च कटाएर बाँकी रहने रकम विद्यालय तथा विद्यार्थीहरूको हितमा आवश्यकतानुसार खर्च गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रम सफल बनाउन रघुबीर महरा तथा हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका उहाँका भाइ रैभान महराले विद्यालयको होली समितिलाई नगदसहित सहयोग स्वरुप खसी प्रदान गरेको उहाँले बताउनुभयो ।

महरा दाजुभाईले विगतमा पनि विद्यालयको विकासका लागि २ लाख १० हजार बराबरको अक्षय कोष स्थापना, एक सेट दमाहा बाजा तथा सांस्कृतिक पोसाक सहयोग गरेको विद्यालय स्रोतलाई उद्धृत गर्दै दोगडाकेदारबाट सुरज सिंह महराले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?