सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु

दार्चुला । सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो रहेका छन् । उहाँ सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिनुभएको थियो ।

रौतहटको माधन नारायण नगरपालिका–६ घर भएका उहाँ सिनियर अहेब हुनुहुन्थ्यो । मंगलबार बिहान अचानक बेहोस भएपछि महतोलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।

दिउँसो साढे २ बजेतिर चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?