टी-२० विश्वकपको पहिलो सेमिफाइनल आज, न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

दार्चुला । आइसिसी टी-२० विश्वकप २०२६ मा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछन्। सेमिफाइनलको पहिलो खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दैछन्।

कोलकातास्थित इडेन गार्डेनमा बेलुकी सवा ७ बजेदेखि खेल सुरू हुनेछ। दक्षिण अफ्रिका सुपर-८ बाट समूह ुएुको विजेता हुँदै सेमिफाइलनलमा प्रवेश गरेको थियो।

सुपर-८ को खेलमा उसले जिम्बाब्वेलाई ५ विकेट र वेस्ट इण्डिजलाई ९ विकेटले पराजित गरेको थियो। भारतविरूद्ध उसले ७६ रनको फराकिलो जित निकालेको थियो। न्युजिल्याण्ड सुपर-८ को समूह उपविजेता भएर सेमिफाइनल प्रवेश गरेको थियो।

सुपर-८ मा उसले एउटा मात्रै खेल जितेको थियो। इंग्ल्याण्डसँग ४ विकेटले पराजित हुँदा श्रीलंकालाई ६१ रनले हरायो।

वर्षाका कारण पाकिस्तानसँगको खेल भने रद्द भएको थियो। दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच भएको पछिल्लो पाँच भेटमा न्युजिल्याण्डले तीन खेल जित्दा दक्षिण अफ्रिकाले २ खेल जितेको छ।

आज विजयी हुने देशले बिहीबार दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्डबीचको विजयी टोलीसँग आइतबार फाइनल खेल्नेछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?