दार्चुला । दार्चुलामा गुडिरहेको जिपबाट खसेर एक युवक गम्भिर घाइते भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ बगौरामा गुडिरहेको जिपबाट खसेर अन्दाजी २१ वर्षीया दिपक डागा गम्भीर घाइते हुनुभएको हो ।

शनिबार (आज) गोकुलेश्वरबाट सदरमुकाम तर्फ जाँदै गरेको सुपप्र ०१००१च ४७०८ नम्बरको जिपबाट खसेर डागा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी, प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिनुभयो ।

घाइते डागालाई उपचारको लागि कैलाली रेफर गरिएको छ भने जिप र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?