दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ मा रहेको गल्लाकेदार माध्यमिक विद्यालय खरकडामा कक्षा १० मा अध्यनरत विद्यार्थीहरुको विदाई गरिएको छ । शुक्रबार (आज) एक कार्यक्रमको आयोजना गरि कक्षा १० मा अध्यनरत २८ जना विद्यार्थीहरुको उज्जल भविष्यको कामनासहित विदाई गरिएको विद्यालयका शिक्षक गणेश गिरीले जानकारी दिनुभयो ।
आगामी चैत्र १९ गते देखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन हुँदै छ । विद्यालयको बालक्लवका अध्यक्ष भागरथी धामीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश सिंह कुँवरको प्रमुख आतिथ्यता रहेको शिक्षक गिरीले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रवण कुमार चौधरी, शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।





प्रतिक्रिया