भारतले पक्राउ गरेका चिनियाँ सैनिक फिर्ता गर्‍यो

दार्चुला । भारतले लद्दाखमा पक्राउ परेका एक चिनियाँ सैनिकलाई फिर्ता गरिदिएको छ ।

भारत–चीन सीमा पार गरेर भारततर्फ आएका चिनियाँ सैनिकलाई फिर्ता गरिएको भारतीय सेनाका अधिकारीहरुले बताएका छन् ।

भारतीय सेनाको तर्फबाट जारी गरिएको एक विज्ञप्तिमा चिनियाँ सैनिकलाई सबै मेडिकल सुविधा र अक्सिजन पनि दिइएको बताइएको छ । ‘त्यसपछि ‘वर्तमान प्रोटोकल’ अनुसार चिनियाँ सैनिकलाई चीनसमक्ष सुम्पिएको हो’, विज्ञप्तिमा भनिएको छ ।

गएको सोमबार भारतले पूर्वी लद्दाखको डेमचोक क्षेत्रबाट सीमा पार गर्दै पिपुल्स लिबरेशन आर्मी (पीएलए) का एक सैनिक भारत आएको बताएको थियो । एक पशुपालकका याक खोज्नको लागि मद्दत गर्नै क्रममा चिनियाँ सैनिक वाङ या लोङ भारतर्फ आएका थिए ।

समाचार एजेन्सी एएफपीका अनुसार गएको बुधबार चिनियाँ सेनाले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘वाङ या लोङलाई बुधबार बिहानै चीनलाई बुझाइएको छ ।’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?