साफ यु–२० च्याम्पियनसिपमा नेपालको विजयी शुरुआत

दार्चुला । नेपालले साफ २० वर्षमूनीको च्याम्पियनसिपमा विजयी शुरुआत गरेको छ । माल्दिभ्सको मालेमा हिजोदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई २–१ ले हरायो ।

भुटानसँगको खेलमा नेपालका लागि सुजन डंगोल र सुवास बमले गोल गरे । भुटानका लागि ढेन्डुप गेल्टशेनले एक गोल फर्काए । खेलको १४औं मिनेटमा थिन्ले एजर दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि भुटान १० खेलाडीमा सीमित भयो । जितसँगै नेपालले प्रतियोगितामा ३ अंक जोडेको छ ।

नेपाल समूह ‘ए’ मा आयोजक माल्दिभ्स, भुटान र श्रीलंकासँग रहेको छ भने अर्को समूहमा भारत, पाकिस्तान र बंगलादेश छन् । राउन्ड रोबिन लिगपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले अब आफ्नो दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?