दार्चुला । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ ९एन्फा० लाई ३ महिनाको लागि निलम्बन गरेको छ ।
राखेपको स्वीकृति नलिई निर्वाचन नगर्न पटक(पटकको निर्देशन पालना नगरेकोले किन कारबाही नगर्ने भनी एन्फालाई हिजो मंगलबार पठाएको २४ घण्टे स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै राखेपले कारबाही गरेको जनाएको छ ।
परिषद्द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ूएन्फाले आफूलाई स्वायत्त संस्थाको रूपमा परिभाषित गरी परिषद्बाट माग गरिएबमोजिम चित्तबुझ्दो जवाफ प्राप्त भएको अवस्था विद्यमान नरहेको देखिन्छ ।ू
राखेपको कार्यकारी समितिको बुधबार बसेको वैठकले सो निर्णय गरेको राखेपले जनाएको छ ।





प्रतिक्रिया