दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–७ स्थित मालिकार्जुन माध्यमिक विद्यालय धापमा कक्षा १० का विद्यार्थीहरूको ‘फेरि भेटौँला’ कार्यक्रम आज सम्पन्न भएको छ ।

विद्यालयमा आयोजित उक्त कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य, गीत, हास्य–व्यंग्य तथा वक्तृत्वमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले विद्यालयमा बिताएका स्मरणीय क्षणहरू सम्झँदै भावुक वातावरण सिर्जना गरेका थिए । शिक्षकहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा सफलताको शुभकामना व्यक्त गरेको सोहि विद्यालयमा अध्यनर विद्यार्थी दिपक बडालले जानकारी दिनुभयो ।

‘फेरि भेटौँला’ कार्यक्रमले विद्यार्थीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै विद्यालयप्रतिको माया, सम्मान र आत्मीयता अभिवृद्धि गरेको विश्वास गरिएको छ ।

यसैबीच, यस वर्षको कक्षा १० को वार्षिक परीक्षा आगामी चैत्र १९ गतेदेखि सञ्चालन हुने तालिका रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?